सोल्टी होटलको बम्पर लाभांश घोषणा, साधारण सभा र बुक क्लोज कहिले ?
काठमाण्डौ । सोल्टी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो । बैठकले गत आवका लागि सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र १६.५७८९४७३७ प्रतिशत नगद लाभांश गरी कुल ३१.५७८९४७३७ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

                
                        
                        
                        
                        
                        
                        
                        
                        
                        