काठमाण्डौ । साविकको सेञ्चुरी कमर्सियल बैंकको भिसा डेबिट कार्डको सेवा अवरुद्ध हुने भएको छ । बैंकबाट जारी भई सञ्चालनमा रहेका भिसा डेबिट कार्डहरुको माइग्रेशन सम्बन्धी कार्यको लागि भदौ १३ गते बिहीबारका दिन बिहान १० बजेदेखि राति १० बजेसम्म सेवा अबरुद्ध हुने प्रभु बैंकले जनाएको छ ।
कार्ड पुनः सञ्चालनको लागि बैंकको एटीएम मा गई कार्ड इन्सर्ट गरेपश्चात् मोबाईलमा प्राप्त हुने ओटीपी कोड राखी नयाँ पिन नम्बर सेट गर्न सम्बन्धित कार्डधनीहरुलाई बैंकले आग्रह गरेको छ । यसबाट ग्राहकमा पर्न गएको असुविधा प्रति बैकले क्षमायाचना गरेको छ ।