सोमबार, असार २,२०८२ 09:34:42
  • सोमबार, असार २,२०८२ 09:34:42
Global IME Bank Limited

प्रभु बैंकको फड्कोः नाफा र ईपीएसमा १५००% को उछाल, आम्दानीमा पनि राम्रो सुधार

Hyundai Nepal
प्रभु बैंकको फड्कोः नाफा र ईपीएसमा १५००% को उछाल, आम्दानीमा पनि राम्रो सुधार
Nabil Bank Limited

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको नाफा र खुद ब्याज आम्दानी बढेको छ । बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा र आम्दानी दुवै बढेको देखिएको हो ।  

बैंकले गत आवको चौथौ त्रैमाससम्ममा ४ अर्ब ४८ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १४९९.०३ प्रतिशतले बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा बैंकले २८ करोड २ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकले नाफाका साथै खुद ब्याज आम्दानी समेत बढाएको छ । बैंकले समीक्षा अवधिसम्ममा १२ अर्ब २ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको १० अर्ब ६ करोड रुपैयाँको तुलनामा १९.४३ प्रतिशतले बढी हो । यस्तै बैंकले खुद शुल्क तथा कमिशन आम्दानीबापत १ अर्ब ९१ करोड रुपैयाँबराबरको आम्दानी गरेको छ । बैंकको खुद सञ्चालन आम्दानी पनि १०३.१६ प्रतिशतले बढेर १४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।  

बैंकले कर्मचारीका लागि ४ अर्ब ७६ करोड रुपैयाँ र अन्य सञ्चालनका लागि १ अर्ब ५६ करोड रुपैयाँबराबरको खर्च गरेको छ ।  

२३ अर्ब ५४ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङ १ अर्ब २३ करोड रहेको छ । बैंकको रिजर्भको आकार १६.१४ प्रतिशतले बढेर ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।  बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २२ करोड रुपैयाँ र लाभांश क्षमता दर ५.३० प्रतिशत रहेको छ । 

बैंकको खराब कर्जा अनुपातमा सामान्य कमी आएको छ । अघिल्लो आवमा ४.९८ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.७८ प्रतिशतमा झरेको छ ।  

समीक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानीमा उछाल आएको छ । अघिल्लो आवको चौथौ त्रैमाससम्ममा १.१९ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर १९.०३ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५४.७६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८.६० गुणा र तरलता अनुपात ३४.३९ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.