सोमबार, असार २,२०८२ 02:37:33
  • सोमबार, असार २,२०८२ 02:37:33
Global IME Bank Limited

प्रभु बैंकले कमायो १.८१ अर्ब खुद नाफा, खुद ब्याज आम्दानी २६.६१% ले वृद्धि

Hyundai Nepal
प्रभु बैंकले कमायो १.८१ अर्ब खुद नाफा, खुद ब्याज आम्दानी २६.६१% ले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत आवको सोहि अवधिका्े  तुलनामा ७.२७ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्र्रमाससम्म बैंकले १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

तेस्रो त्रैमाससम्म बैंकले ८ अर्ब ४३ करोड रुपैयाँ  खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको ६ अर्ब ६१ करोड रुपैयाँको तुलनामा २६.३१ प्रतिशतले बढी हो । बैंकको खुद सञ्चालन आम्दानी ८ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ७५ करोड रुपैयाँले ऋणात्मक छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै बैंकको रिटेन्ड अर्निङ १६ करोड ६५ लाख र रिजर्भको आकार ९ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । २ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब २९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।  

समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात वृद्धि भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ३.४८ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.८१ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) १०.२६ रुपैयाँ,पिई अनुपात १३.८४ गुणा र तरलता अनुपात २६.७८ प्रतिशत रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.