सोमबार, असार २,२०८२ 08:31:53
  • सोमबार, असार २,२०८२ 08:31:53
Global IME Bank Limited

धितोले खाम्नेभन्दा बढी लोन दिने सेञ्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ पक्राउ

Hyundai Nepal
धितोले खाम्नेभन्दा बढी लोन दिने सेञ्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ पक्राउ
Nabil Bank Limited

काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ ।  

मिलेमतोमा धितोले खाम्नेभन्दा बढी ऋण प्रवाह गरी ठगीको आरोपमा सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई सीआईबीले पक्राउ गरेको हो ।  

श्रेष्ठसहित पक्राउ परेका अधिकांश सेञ्चुरी बैंकका सञ्चालकहरु छन् । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सञ्चालक समितिका सदस्यहरु सुनिलकुमार न्यौपाने, मनबहादुर राई, राजेशकुमार दली, गीता प्रधान, रोशनकुमार निरौला र शिव रिसाल पनि पक्राउ परेका छन् ।  

सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीकाअनुसार यसअघि कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा २०८० फागुन १५ मा तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका १० कर्मचारी पक्राउ परेका थिए । सोही प्रकरणमा संलग्नता देखिएपछि सञ्चालक समितिका अध्यक्ष र सदस्यहरुलाई पक्राउ गरिएको हो।  

सञ्चालक समितिका अध्यक्ष तथा सदस्य र उच्च व्यवस्थापनको मिलेमतोमा तत्कालीन सेञ्चुरी बैंकले २०७७ सालमा देउराली सहकारीमार्फत कमसल धितो राखेर अधिक कर्जा प्रवाह गरेको थियो । सो क्रममा ९७ करोड ४१ लाख रुपैयाँ धितोले खाम्नेभन्दा बढी ऋण प्रवाह गरेको प्रकरणमा पक्राउ परेका कर्मचारीलाई हाजिरी जमानीमा छाडिएको झण्डै तीन महिनापछि सञ्चालकहरुलाई सीआईबीले पक्राउ गरेको हो ।  

सेञ्चुरी बैंकले जथाभावी ऋण प्रवाह गरेका अन्य फाइलहरुको विषयमा समेत सीआईबीले अनुसन्धान गरिरहेको छ । सेञ्चुरी कमर्सियल बैंकले जथाभावी गरेकै कारण प्रभू बैंकमा बिलय भएपछि सो बैंकको खराब कर्जामा अस्वभाविक वृद्धि भएको देखिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.