BANKING

धितोले खाम्नेभन्दा बढी लोन दिने सेञ्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ पक्राउ

काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ ।  मिलेमतोमा धितोले खाम्नेभन्दा बढी ऋण प्रवाह गरी ठगीको आरोपमा सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई सीआईबीले पक्राउ गरेको हो ।  श्रेष्ठसहित पक्राउ परेका अधिकांश सेञ्चुरी बैंकका सञ्चालकहरु छन् ।