आईतवार, मंसिर २१,२०८२ 10:19:25
Bizshala
  • आईतवार, मंसिर २१,२०८२ 10:19:25
Bizshala
Global IME Bank Limited
Bizshala

प्रभू बैंककी सीबीओ रश्मी पन्त एकाएक गायब, सीआईबी पक्राउ गर्ने साइत कुर्दै

Hyundai Nepal
प्रभू बैंककी सीबीओ रश्मी पन्त एकाएक गायब, सीआईबी पक्राउ गर्ने साइत कुर्दै
Shivam Cement

काठमाण्डौ । प्रभू बैंकको प्रमुख विजिनेश अफिसर(सीबीओ) रश्मी पन्त एक सातादेखि फरार रहेकी खुलेको छ ।  

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल लगायत तीन उच्च पदस्थलाई साताअघि बबरमहल(बिजुलीबजार)स्थित मुख्य कार्यालयबाट पक्राउ गरेको थियो । 

CG Motors
Garima Development Bank
IME remit

सीआईबीले अपरेशन चलाउँदैछ भन्ने गोप्य सूचना पाएपछि आफन्तको विवाहको बहानामा सुनियोजित ढंगले अघिल्लो दिन नै कञ्चनपुर गएकी थिइन् ।  

त्यसपछि सीईओ, डिसीइओ पक्राउपछि उनी फरार रहेको खबरहरु प्रकाशित भए । ती खबर आएका दुई दिनसम्म चूप बसेकी उनले त्यसपछि भने विभिन्न मिडिया प्ल्याटफर्म प्रयोग गरी 'आफू नभागेको र आफू बैंकको कुनै प्रकरणमा सामेल नभएकोले सुनियोजित ढंगले चरित्रहत्या गरिएको' गुनासो गर्दै समाचार प्रकाशन गर्न लगाएकी थिइन् । उनले सो क्रममा विभिन्न मिडियाहरुमा कुराकानी गर्दै आफू बैंकको कुनै पनि प्रकरणमा संलग्न नभएको दाबी गर्दै 'बुधबारदेखि कार्यालयमा उपस्थित हुने' घोषणा समेत गरेकी थिइन् ।  

उनले सार्वजनिक सञ्चारमाध्यममा मात्र नभई बैंकका डिपार्टमेन्ट प्रमुख र ब्राञ्च म्यानेजर(बीएम)हरुलाई समेत एउटा मेल पठाएर 'बुधबारदेखि आफू नियमित रुपमा कार्यालयमा उपस्थित हुने' जानकारी गराएकी थिइन् । त्यो मेल बैंकको एचआरमा पनि पुगेको थियो ।  

पन्त बुधबारदेखि कार्यालयमा आउने खबर बैंककै कर्मचारीहरुले सीआईबीसम्म पुर्याएका थिए । सीआईबीले समेत उनी कार्यालयमा उपस्थित भएलगत्तै गिरफ्तार गर्ने गरी सादा पोशाकमा सुरक्षाकर्मीलाई प्रभू बैंकको मुख्यालय आसपास त्यसपछि लगातार(दैनिक) खटाउँदै आएको छ ।  

तर आफू नभागेको दाबी गर्ने र बुधबारदेखि कार्यालय आउँछु भनी स्टाफहरुलाई मेल गरेकी पन्त रहस्यमय ढंगले कञ्चनपुरबाटै गायब भएकी छिन् । उनी 'कार्यालयमा आउँछु' भन्दै सबैलाई झुक्याएर सीआईबीको कारबाहीबाट बच्न भारततर्फ लागेकी बैंकमा उनी निकट रहेका कर्मचारीहरुले दाबी गरेका छन् । तर, यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।  

'बुधबारदेखि कार्यालय आउँछु' भनेकी रश्मी सो दिन पूर्व जानकारी नदिई अनुपस्थित भएकी बैंकका एक सञ्चालकले पुष्टि गरे । बिहीबार सार्वजनिक विदा परेकोले बैंक बन्द रह्यो । कर्मचारी तथा सञ्चालकहरुले शुक्रबार पनि उनको बाटो हेरे, तर पन्त कार्यालय आइनन् ।  

शनिवार पुनः साप्ताहिक विदाका कारण बैंक बन्द रह्यो । त्यसपछि आइतबार(आज) समेत रश्मी कार्यालयमा नआएकी ती सञ्चालकले प्रष्ट पारे । 'मैले भर्खरै बुझेको थिएँ, आज पनि पन्त नआउनुभएको कुरा आयो ।' उनले बिजशालासँग भने-'सायद उहाँ आफूलाई पनि सीआईबीले पक्रिदैंछ भन्ने त्रासमा हुनुहुन्छ जस्तो लाग्यो । बिनाजानकारी यसरी गायब त नहुनुपर्ने हो । फेरि उहाँको गल्ती छैन भने यसरी किन भाग्नुभएको हो, हामी पनि अचम्भित छौं ।' 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

पन्तसँग अरुबेला कुराकानी हुने मोवाइल लगातार स्वीच अफ गरिएको छ । मोवाइलको लोकेसनका आधारमा व्यक्ति रहेको क्षेत्र पत्ता लाग्ने र नेपालमा जहाँ भए पनि पक्राउ परिने डरले उनले मोवाइल लगातार स्वीच अफ गरिरहेकी छिन् ।  

बैंककै एक कर्मचारीले भने उनी मोवाइल स्वीच अफ गरेर भारततर्फ लागेकी र त्यहाँको एउटा अस्पतालमा कुनै बिरामीको बाहाना गरेर २ महिनासम्म उतै बस्ने योजना रहेको सुनिएको दाबी गरेका छन् । तर, यसको पनि स्वतन्त्र पुष्टि भइसकेको छैन।  

भगाइएको आशंका

यसैबीच, प्रहरीस्थित एक उच्च स्रोतले भने प्रभू बैंकका विभिन्न फाइलहरुको अनुसन्धान भइरहेका कारण ती अधिकांशमा रश्मीको समेत संलग्नता देखिएको र पक्राउ परिने डरले उनी भागेकी हुनसक्ने दाबी गरेको छ ।  

सीईओ र डिसीईओलाई छुटाउन, फेरि क्लिन चिट दिएर बैंकको नेतृत्वमा फर्काउने खेलमा बाहिरबाटै खेल्नसक्ने पात्र रश्मी भएकोले उनलाई योजना बनाएरै कार्यालयमा अनुपस्थित हुने छुट दिइएको हुनसक्ने समेत केही स्रोतहरुले आशंका गरेका छन् ।

बैंककै केही उच्च पदस्थहरुले भने अहिले सीआईबीको अपरेशनबाट जोगाएर सुनियोजित ढंगले रश्मीलाई नै बैंकको सीईओ बनाउने र उनी सीईओ भएपछि शेरचन नेतृत्वको बेला भएका गलत कामहरुको उचित व्यवस्थापन उनीबाट गराउने गरी योजना बनाइएको र यही योजनाअन्तरगत रश्मीलाई पक्राउ पर्नबाट जोगाउने काम भइरहेको दाबी गरेका छन् ।  

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.