काठमाण्डौ । काठमाण्डौ महानगरपालिका–२८, कमलादीस्थित विभान्ता डेन्टल हस्पीटल तथा काठमाण्डौ महानगरपालिका–०४,धुम्बाराहीस्थित हिमाल डेन्टल हस्पीटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले २० प्रतिशत छुट पाउने भएका छन् । सो छुट सेवा सुविधा विभान्ता डेन्टल हस्पीटल र हिमाल डेन्टल हस्पीटलमा प्राप्त गर्न सकिनेछ ।
उक्त सम्झौता¬पत्रमा विभान्ता डेण्टल हस्पिटलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्ट र महाप्रबन्धक किशोर भट्ट तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर निरज लम्साल र मार्केटीङ म्यानेजर सबिन राणाले संयुक्त हस्ताक्षर गरेका थिए ।
हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।