काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले हार्नेस जिपलाइन प्रालि र गेट वे हिमालय रिसोर्ट प्रालिमा विशेष छुट पाउने भएका छन् । यसका लागि प्रभु बैंकले यी द्ुई कम्पनीसँग सेवामा बिशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
एक समारोहका बीच हार्नेस जिपलाइनका तर्फबाट प्रबन्ध निर्देशक शुनिल थापा,गेट वे हिमालय रिसोर्टका तर्फबाट सञ्चालन प्रबन्धक नकुल गिरी र प्रभु बैंकका तर्फबाट, बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेशराजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन ।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड÷क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्घारा बिल भुक्तानी गर्दा हार्नेस जिप लाइनमा उपलब्ध बिभिन्न प्रकारका जिपलाइन, जाइन्ट स्विङ, कालिगण्डकीमा राफ्टीङ लगाएतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन । साथै गेट वे हिमालय रिसोर्टमा उपलब्ध आवासमा २० प्रतिशत र खाना र मनोरञ्जन लगायतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन ।
हार्नेस जिपलाइन पवर्त जिल्लाको सदरमुकाम कुश्मामा अवस्थित छ भने हिमालय रिसोर्ट लम्जुङ जिल्लाको सदरमुकाम वेशीसहरमा अवस्थित छ ।