काठमाण्डौ । प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकै अवस्थित T3 Thakali and Multi Cusinie र Saino Tandoori & Sekuwa Corner मा विशेष छुट पाउने भएका छन् । यस विषयमा बैंक र यी रेष्टुरेन्टबीच विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।
एक समारोहकाबीच सम्पन्न सम्झौतामा त्घ थकाली ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकत विवेक तुलाचन र प्रभु बैंकका तर्फबाट बाग्मति प्रदेश प्रमुख अधिकृत बिकास शमा गुरागाईले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रेष्टुरेन्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।