काठमाण्डौ । प्रभु बैंक लिमिटेडले असार १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार महिनाका लागि ब्याजदर मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ ।
बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जुन जेठ महिनाकै निरन्तरता हो ।
बैंकले व्यक्तिगत मुद्दतीतर्फ ३ महिनादेखि ५ महिना अवधिका लागि ६ प्रतिशत,६ महिनादेखि १२ महिना अवधिका लागि ६.५०० प्रतिशत,१२ महिना माथि देखि ५ वर्ष अवधिका लागि ७ प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ७.५०० प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी बैकले संंस्थागत मुद्दती निक्षेपअन्तर्गत ६ महिनादेखि १२ वर्षसम्मका लागि ५ प्रतिशत,१२ महिनामाथि देखि ५ वर्षसम्मका लागि ५.५०० प्रतिशत र ५ वर्षभन्दा माथिको अवधकिा लागि ६.५०० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।
बैंकले प्रभु हाईब्रिड बचत खाता अन्तर्गत १२ महिनामाथि देखि ५ वर्षसम्मका लागि ७ प्रतिशत र ५ वर्षभन्दा माथिको अवधकिा लागि ७.५०० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । साथै स्वर्णिम मुद्दती बचत खाताअन्तर्गत(व्यक्तिगत मात्रै)५ वर्ष अवधिका लागि ७.५०० प्रतिशत ब्याजदर तोकेको छ ।