मंगलवार, असार २,२०८३ 06:17:33
Bizshala
  • मंगलवार, असार २,२०८३ 06:17:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा निशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन, सात सयभन्दा बढी लाभान्वित

Laxmi Sunrise Bank Limited
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा निशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन, सात सयभन्दा बढी लाभान्वित
Shivam Cement

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दार्चुलामा निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको छ । यस सांग्रिला डेभलपमेन्ट बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत यही २०८३ जेठ २९ गते शुक्रबार जिल्ला अस्पताल खलङ्गा र जेठ ३० गते शनिबार दुहुँ गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।

जिल्ला अस्पताल खलङ्गामा सञ्चालित आँखा शिविरमा ३ सय ८७ जना र दुहुँ गाउँपालिकामा सञ्चालित शिविरमा ३ सय २४ जनालाई विशेषज्ञ डाक्टरसँग निःशुल्क आँखा परीक्षण र परामर्शका साथै आवश्यक औषधी र चश्मा वितरण गरिएको थियो । शिविरमा गेटा आँखा अस्पताल धनगढीका नेत्र चिकित्सकसहितको टोलीले सेवा दिएको थियो ।

Bizshala
New Office
CG Motors

उक्त शिविरमा आँखा परीक्षण गरिएकामध्ये मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने विरामीलाई यस सांग्रिला डेभलपमेन्ट बैंकद्वारा निशुल्क शल्यक्रिया गर्ने ब्यवस्था गरिने छ । शिविरमा स्थानीय सर्वसाधारण, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

Garima Development Bank
Shivam Cement
Bizshala

आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंकले आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.