बुधबार, भाद्र ३,२०८३ 01:08:24
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 01:08:24
Bizshala
Global IME Bank Limited

वाणिज्य बैंकहरुले कमाए रु.५६.४७ अर्ब नाफा, कुनले कति ?

वाणिज्य बैंकहरुले कमाए रु.५६.४७ अर्ब नाफा, कुनले कति ?
New Office

काठमाण्डौ । वाणिज्य बैंकहरुले साढे ५६ अर्ब रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनासम्ममा २० वाणिज्य बैंकले ५६ अर्ब ४७ करोड ५० लाख रुपैया नाफा कमाएका हुन् ।  

यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १८.१६ प्रतिशत बढी हो । गत आवको वैशाख महिनासम्ममा वाणिज्य बैंकहरुले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

सो अवधिसम्ममा १३ बैंकको नाफा बढेको छ भने ७ बैंकको नाफा गत आवको तुलनामा घटेको छ ।  

बैंकहरुको कर्जा व्यवस्थापनमा सुधार, संचालन खर्च नियन्त्रणसँगै केहीको खराब कर्जा अनुपातमा सुधार देखिएसँगै समग्रमा बैंकहरुको नाफामा सुधार देखिएको हो ।  

Bizshala
CG Motors

सो अवधिसम्म सर्वाधिक नाफा कमाउनेमा भने नबिल बैंक रहेको छ । बैंकले पछिल्लो १० महिनामा नाफा ३६.३७ प्रतिशतले बढाएर ७ अर्ब ६६ करोड ९६ लाख रुपैयाँ कमाएको छ । बैंकले गत आवको सोही अवधिसम्म ५ अर्ब बढी नाफा कमाएको थियो ।  

त्यस्तै दोस्रो बढी नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ । यो बैंकले ५ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा ३.०७ प्रतिशतले घटेको छ ।  

त्यस्तै, कु्मारी बैंकले ४ अर्ब ४९ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब २१ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ८० करोड, एभरेष्ट बैंकले ३ अर्ब ७० करोड, प्राइम कमर्सियल बैंकले ३ अर्ब ४० करोड, एनएमबि बैंकले ३ अर्ब १४ करोड, नेपाल बैंकले २ अर्ब ९८ करोड, सानिमा बैंकले २ अर्ब ६८ करोड, लक्ष्मी सनराइज बैंकले २ अर्ब ४६ करोड, सिद्धार्थ बैंकले २ अर्ब ३८ करोड र स्ट्याण्डर्ड चार्टड बैंकले २ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ ।  

यसका साथै माछापुच्छ्रे बैंकले १ अर्ब ८८ करोड, नेपाल एसबिआई बैंकले १ अर्ब ६८ करोड, कृषि विकास बैंकले १ अर्ब ५९ करोड, सिटिजन्स बैंकले १ अर्ब ४९ करोड, प्रभु बैंकले १ अर्ब १६ करोड रुपैयाँ, हिमालयन बैंकले ८० करोड २८ लाख रुपैयाँमा र एनआइसी एशिया बैंकले ३३ करोड रुपैयाँ नाफा कमाएको छ ।  

गत आवको तुलनामा सबैभन्दा बढी नाफा वृद्धि गर्नेमा कुमारी बैंक रहेको छ । बैंकले ८३३ प्रतिशतले नाफा ग्रोथ गरेको छ ।  

सर्वाधिक घट्नेमा भने प्रभु बैंक रहेको छ । यो बैंकको नाफा ४१.७० प्रतिशतलते घटेको छ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.