काठमाण्डौ । काठमाण्डौ मेरियट होटेलले थाई परिकारको वास्तविक स्वाद अब राजधानी काठमाण्डौमै अनुभव गराउने उद्देश्यसहित ‘फ्लेभर्स अफ थाइल्याण्ड’ नामक विशेष फुड फेस्टिभल आयोजना गरेको छ। एडामामे रेस्टुरेन्टमा सुरु भएको यो ईभेन्ट जुन १५ देखि २५ तारिखसम्म हरेक दिन दिउँसो १ बजेदेखि सञ्चालन हुनेछ।
फेस्टिभलको पहिलो दिन सञ्चारकर्मी एवम् चर्चित कन्टेन्ट क्रिएटरहरू– किछी भ्लग्स, रोनित श्रेष्ठ, ब्लर डायट र फूडेलिसियसएनपीलाई आमन्त्रण गरी ‘फ्लेभर्स अफ थाइल्याण्ड’ को विशेष अनुभव गराइएको थियो।
यस फेस्टिभलको मुख्य आकर्षणका रूपमा सेफ ओन नामले परिचित मेरियट नर्थ पटायाका चर्चित सेफ नत्तावुद रुएङ्सामुत रहेका छन्। थाई, क्यान्टोनिज, इटालियन, फ्रेन्च, जापानीज तथा आधुनिक एसियन फ्युजन खानामा १९ वर्षभन्दा लामो अनुभव हासिल गरेका सेफ ओनले आफ्नो सिर्जनात्मकता र उत्कृष्ट कलिनरी मार्फत अतिथिहरूलाई गुणस्तरीय र प्रामाणिक स्वाद प्रदान गरिरहेका छन्।
फेस्टिभलमा प्रस्तुत मेनुले थाई खानाको परिचित र लोकप्रिय स्वादलाई समेटेको छ। अतिथिहरूले सी फुड स्टार्टरदेखि रिच करी र सुगन्धित राईसका परिकारसम्म, विविध स्वादको अनुभव लिन सक्नेछन्। प्ला साल्मन, लब्सटर, टम यम र पाड क्रा पाओ जस्ता विशेष परिकारहरू ताजा हर्ब्स र मसालाको प्रयोगबाट तयार गरिएका छन्, जसले थाई खानाको मौलिक स्वादलाई अझ जीवन्त बनाएको छ।
यी परिकारसँगै थाई शैलीबाट प्रेरित विशेष ड्रिंक्सहरू सायम गार्डेन, फुकेट स्पाइस म्युल र थाई टी बोबा क्लाउड पनि उपलब्ध छन्, जसले सम्पूर्ण अनुभवलाई अझ विशेष बनाउने छन्।
यस विशेष फुड फेस्टिभलको एयरलाइन पार्टनरका रूपमा ‘स्मूथ अस सिल्क’ स्लोगानका लागि परिचित थाई एअरवेज रहेको छ, जसले थाई अनुभवलाई अझ प्रामाणिक बनाएको छ।
‘फ्लेभर्स अफ थाइल्याण्ड’ ले थाइल्याण्डको जीवन्त सडक संस्कृति र समृद्ध कलिनरी परम्परालाई काठमाण्डौमै ल्याउने प्रयास गरेको छ। ताजा सामग्री, सशक्त मसला र परम्परागत पाक विधिको संयोजन मार्फत प्रत्येक परिकारले थाई खानाको आफ्नै कथा प्रस्तुत गर्दछन्।
काठमाण्डौ मेरियट होटलले सम्पूर्ण पाहुनाहरूलाई सीमित अवधिका लागि आयोजना गरिएको यस विशेष कलिनरी यात्रामा सहभागी भई थाइल्याण्डको मौलिक स्वाद अनुभव गर्न आमन्त्रण गरेको छ ।
काठमाण्डौ मेरियट होटेलको बारेमा
काठमाण्डौको मुटुमा अवस्थित काठमाण्डौ मेरियट होटेल नेपालकै अग्रणी लक्जरी आतिथ्य गन्तव्यका रूपमा स्थापित छ। मेरियट इन्टरनेसनलको अन्तर्राष्ट्रिय नेटवर्क अन्तर्गत रहेको यो होटेलले विश्वस्तरीय सेवा मापदण्डलाई नेपाली संस्कृति, समुदाय र आतिथ्यसँग जोड्दै आएको छ। सन् २०१९ मा सञ्चालनमा आएको यो होटेल फुर्सदिला यात्रु, व्यवसायिक पाहुना तथा स्थानीय साझेदारहरूको विश्वसनीय गन्तव्य बनेको छ।

