पोखरा । प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीले अन्नपूर्ण केबलकारमा विशेष छुट पाउने भएका छन् । यस सम्बन्धी अन्नपूर्ण केबलकार र प्रभु बैंकबीच सम्झौता भएको छ ।
सम्झौतामा अन्नपूर्ण केबलकारको तर्फबाट मार्केटिङ म्यानेजर अरुण कोइराला र प्रभु बैंकको तर्फबाट म्यानेजर गणेश सुवेदीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौताअनुसार केबलकारको टिकटमा प्रभु बैंकका कर्मचारीलाई २५ प्रतिशत र बैंकका ग्राहक तथा क्रेडिट कार्ड, डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन ।
अन्नपूर्ण केबलकार पोखराको लेकसाइड सेदीबगरदेखि कास्कीको सराङकोटसम्म केबलकार सेवा प्रदान गर्दै आएको छ ।
प्रभु बैंकले नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।