सोमबार, असार २,२०८२ 08:42:24
  • सोमबार, असार २,२०८२ 08:42:24
Global IME Bank Limited

तत्कालीन सेञ्चुरी बैंकका सञ्चालक पनि पक्राउ पर्दैछन् ? यस्तो छ सीआइबीको भनाई

Hyundai Nepal
तत्कालीन सेञ्चुरी बैंकका सञ्चालक पनि पक्राउ पर्दैछन् ? यस्तो छ सीआइबीको भनाई
Nabil Bank Limited

काठमाण्डौ । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सञ्चालक समितिका अध्यक्ष र सञ्चालकहरु समेत पक्राउ पर्ने सम्भावना बढेको छ ।  

नेपाल प्रहरीको विशेष अनुसन्धान ब्यूरोका एक अधिकारीका अनुसार तत्कालीन समयका बैंकका प्रमुख कार्यकारी अधिकृत तथा उच्चपदस्थ कर्मचारीहरुले चाहेर मात्रै २ अर्ब ११ करोड बढी कर्जा अनियमित ढंगले प्रवाह गर्ने काम नभएको पाइएको हो । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उच्च व्यवस्थापनका अधिकारी र सञ्चालकहरुको समेत मिलेमतोमै कमसल धितो राखेर अधिक लोन प्रवाह भएको देखिएको छ । 'अनुसन्धानको दायरामा तत्कालीन समयका बैंक सञ्चालक समितिका अध्यक्ष र केही सञ्चालक समेत तानिने देखिएको छ ।' ती प्रहरी अधिकारीले भने-'व्यवस्थापनका उच्च अधिकारीहरुलाई पक्राउ गरिसकिएको छ । उनीहरुको बयानका आधारमा यो प्रकरणमा संलग्न सबैलाई पक्राउ गरिनेछ ।'

गौतम र न्यौपाने सीइओ हुँदाको बखत सञ्चालक समितिको अध्यक्ष राजेशकुमार श्रेष्ठ थिए । उनी कांग्रेस नेता उमेश श्रेष्ठका विश्वासपात्र पनि हुन् ।   

प्रहरीले देउराली सहकारी डूबाएका सञ्चालक रविन्द्र चौलागाई, उनकी पत्नी पूजा खत्री र केही आफन्तको नाममा खोलिएका विभिन्न कम्पनीको नाममा पटक पटक गरी २ अर्ब ११ करोड बढी कर्जा दिएको र करिब १ अर्ब बढी भ्यालुएसन गरेर कर्जा प्रवाह भएको आरोपमा सेञ्चुरी बैंकका तत्कालीन सीइओ तुल्सीराम गौतम, उनीपछिका सीइओ मनोज न्यौपाने(हाल प्रभू बैंकको वरिष्ठ डेपुटी सीइओ)सहितलाई पक्राउ गरेको हो ।  

देउराली सहकारीका सञ्चालकहरुमार्फत विभिन्न मितिमा र विभिन्न कम्पनीको नाममा तत्कालीन सेञ्चुरी बैंकले कमजोर धितोमा बढी लोन दिएको अनुसन्धानको क्रममा भेटिएको हो । त्यसरी लोन दिंदा राखिएको धितो लिलाम गर्दा समेत प्रवाह भएको लोन खाम्नसक्ने अवस्था नदेखिएपछि बैंकरहरुको बदनियत देखिएको थियो ।  

यो प्रकरणमा बैंकका सञ्चालकहरुको समेत संलग्नता देखिएको प्रहरीको भनाई छ । व्यवस्थापन र सञ्चालकहरुको मिलेमतोमै यसरी कर्जा प्रवाह भएको देखिएको हो ।  

हाल त्यसरी प्रवाह भएको कर्जाको सावा र ब्याज गरी ३ अर्ब बढी बक्यौता देखिएको छ ।  

प्रवाह भएको सबै ऋण, ब्याज तथा जरीवाना उठ्नसक्ने अवस्था नदेखिएपछि प्रभू बैंकले त्यसरी लोन लिँदा राखिएको धितोहरुको लिलामी प्रक्रिया पनि अगाडि बढाइसकेको छ ।  

देउराली सहकारी डूबाएका चौलागाईंको विषयमा अनुसन्धान गर्ने क्रममा सेञ्चुरी बैंकसँगको नेक्सस समेत भेटिएको थियो । त्यसलाई पछ्याउँदै अनुसन्धान अगाडि बढाएको सीआईबीले बदनियतपूर्ण ढंगले ऋण प्रवाह भएका प्रशस्त आधार भेटेपछि सोही प्रकरणमा सोमबार साँझ र मंगलबार गरी काठमाण्डौ उपत्यकासहितका विभिन्न ठाउँबाट गौतम, न्यौपानेसहितलाई पक्राउ गरेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.