एक वर्षमा देशभर ६१ हजारभन्दा बढी कसुर दर्ता, बैंकिङ कसुर सबैभन्दा धेरै
काठमाण्डौ । नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/८३ मा देशभर ६१ हजार १६ वटा कसुरसम्बन्धी घटना दर्ता भएको जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो एक वर्षमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा ठूलो हिस्सा बैंकिङ कसुरसँग सम्बन्धित रहेको छ।शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले सार्वजनिक गरेको विवरणअनुसार...

