मंगलवार, कार्तिक ३,२०८३ 03:32:22
  • मंगलवार, कार्तिक ३,२०८३ 03:32:22
Global IME Bank Limited

प्रभु बैंकद्वारा ‘ग्लोबल मनि विक’को अवसरमा देशैभर वित्तीय साक्षरता कार्यक्रम

Bizshala
प्रभु बैंकद्वारा ‘ग्लोबल मनि विक’को अवसरमा देशैभर वित्तीय साक्षरता कार्यक्रम
New Office

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ‘स्मार्ट मनि टक्स’भन्ने मूल नाराका साथ ‘ग्लोबल मनी विक–२०२६’ अन्र्तगत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  

बैंकले वित्तीय साक्षरता कार्यक्रम चैत्र २ गते देखी आरम्भ भई चैत्र ८ मा सम्पन्न गरेको हो । बैंकले मुलुकभरका सातै प्रदेश स्थित आफ्ना २०० भन्दा बढी शाखाहरु मार्फत बिभिन्न स्थानहरुमा साताव्यापी अभियानलाई सफल तुल्याउनका निम्ति वित्तीय साक्षरता, बालबालिका र युवालक्षित चेतनामूलक तथा प्रभातफेरी कार्यक्रमहरु आयोजना गरेकोे छ ।

बैंकले ‘स्मार्ट मनि टक्स’ भन्ने विषयवस्तुमा केन्द्रित भई विभिन्न समुदाय, महिला र बालबालिका, स्कुल तथा कलेजहरुमा आधुनिक बैंकिङ्ग, बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ्ग सेवा र यसमा अपनाउनुपर्ने सावधानीहरु समावेश गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकोे छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बैंकले आफ्नो आधिकारीक सामाजिक सञ्जालबाट समेत यस सम्बन्धमा सचेतना अभिबृद्धि गर्दै आएको छ । अज्ञात स्रोतबाट प्राप्त लिंक कतै नखोल्न, संंवेदनशिल विवरण शेयर नगर्न, डिजिटल ठगीबाट सुरक्षित रहन समेत विभिन्न सूचनाहरु सम्प्रेषण गर्दै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सातै प्रदेश अन्र्तगत वित्तीय साक्षरता कार्यक्रम अगाडी बढाएको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

वाग्मती प्रदेश –४७ शाखा, गण्डकी प्रदेश–५२ शाखा, लुम्बिनी प्रदेश–१६ शाखा, कोशी प्रदेश–३९ शाखा, मधेश प्रदेश–२९ शाखा, कर्णली प्रदेश–१४ शाखा र सुदुरपश्चिमका १९ शाखाहरुबाट कार्यक्रम संचालन गरिएको थियो ।

बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छा’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.