लक्ष्यको ८१.७५% राजस्व संकलन, वैदेशिक सहायता प्राप्तिको अवस्था कस्तो ?
काठमाण्डौ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म सरकारको राजस्व संकलन लक्ष्यको ८१.७५ प्रतिशत हासिल भएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आवको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार ७ खर्ब ११ अर्ब २० करोड ७८ लाख रुपैयाँ लक्ष्यको तुलनामा ५ खर्ब ८१ अर्ब ४० करोड ७२ लाख रुपैयाँ राजस्व संकलन भएको हो। यो संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.४७ प्रतिशतले बढी...

