एभरेष्ट बैंकको वितरणयोग्य मुनाफा लोभलाग्दोः खराब कर्जामा वृद्धि, व्यवसायमा संकुचन
काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १ अर्ब ७१ करोड खूद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा बैंकले नाफा बढाएको हो । अघिल्लो वर्षको यही अवधिसम्मको खूद नाफा १ अर्ब ५८ करोड रुपैयाँमा सीमित थियो । बैंकको समीक्षा अवधिसम्मको वितरणयोग्य मुनाफा २ अर्ब ४० करोड रुपैयाँ रहेको छ । यो भनेको प्रतिसेयर २७.२५ प्रतिशतसम्मको रिटर्न...