काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १ अर्ब ७१ करोड खूद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा बैंकले नाफा बढाएको हो । अघिल्लो वर्षको यही अवधिसम्मको खूद नाफा १ अर्ब ५८ करोड रुपैयाँमा सीमित थियो ।
बैंकको समीक्षा अवधिसम्मको वितरणयोग्य मुनाफा २ अर्ब ४० करोड रुपैयाँ रहेको छ । यो भनेको प्रतिसेयर २७.२५ प्रतिशतसम्मको रिटर्न दिनसक्ने क्षमता बनाएको छ भन्ने हो ।
| Particulars figure in '000' | 2n Quarter 2080-81 | Previous Year-Corresponding | 
| Net Profit | 1,713,148 | 1,518,003 | 
| Distributable Profit | 2,404,923 | 2,846,968 | 
| Operating Profit | 2,447,595 | 2,268,477 | 
| Net Interest Income | 3,623,487 | 3,670,245 | 
| Impairment charge | 432,345 | 366,632 | 
| NPL % | 0.77 | 0.55 | 
| EPS Rs. | 29.12 | 21.45 | 
| Deposit | 213,862,486 | 198,007,807 | 
| Loan | 168,483,846 | 159,479,295 | 
| ROE $+% | 13.26 | 13.41 | 
| P/E Times | 18.00 | 
कुल ११ अर्ब ७६ करोड चुक्तापूँजी रहेको कम्पनीको सञ्चालन मुनाफा बढेर २ अर्ब ४४ करोड माथि पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो मुनाफा २ अर्ब २६ करोडमा सीमित थियो ।
बैंकको व्यवसाय विस्तारमा भने केही संकुचन देखिएको छ । यहीकारण अघिल्लो वर्षको यही अवधिसम्म ३ अर्ब ६७ करोड रुपैयाँ रहेको खूद ब्याज आम्दानी घटेर यो वर्ष ३ अर्ब ६२ करोडमा सीमित बन्न पुगेको छ ।
नाफा बढेका कारण वार्षिकीकृत प्रतिसेयर आम्दानी गत वर्षको २१.४५ रुपैयाँबाट बढेर २९.१२ रुपैयाँको उचाईमा पुगेको छ भने ०.५५ प्रतिशतमा सीमित खराब कर्जाको अनुपात केही बढेर ०.७७ प्रतिशत पुगेको छ । अन्य बैंकहरुको तुलनामा एभरेष्ट बैंकको खराब कर्जाको अनुपात नगण्य जस्तै हो ।
खराब कर्जाको प्रभिजनका कारण इम्पेयरमेन्ट चार्ज केही बढेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३६ करोड ६६ लाख इम्पेयरमेन्ट चार्ज राखेकोमा यो वर्ष बढेर ४३ करोड २३ लाख माथि पुगेको छ ।
बाँकी सूचक टेबलमा हेर्नुहोस्

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                