इतिहासमै जेनजी सांसद उपसभामुख बन्ने पक्का: सांसद बनेको एक महिनामै अर्को ‘सरप्राइज’
काठमाण्डौ । नेपाली संसदको इतिहासमै पहिलोपटक जेनजी (Gen Z) पुस्ताकी सांसद उपसभामुख बन्ने निश्चितजस्तै भएको छ। श्रम–संस्कृति पार्टीकी समानुपातिक सांसद रुबीकुमारी ठाकुरलाई उपसभामुख बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको हो।राष्टिय स्वतन्त्र पार्टी(रास्वपा)ले उनको पक्षमा समर्थन गर्ने घोषणा गरेसँगै ठाकुरको उपसभामुख बन्ने बाटो लगभग खुला भएको छ।

