पुँजीबजारलाई व्यवस्थित बनाउन सुशासनमा आधारित नियमन रणनीति अपनाउँदै छौँ : अध्यक्ष भट्ट
काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजीबजारलाई व्यवस्थित र सुरक्षित बनाउन जोखिम तथा सुशासनमा आधारित नयाँ नियमन रणनीति अपनाइएको बताएका छन्।प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष भट्टले बजार आधुनिकीकरणका लागि संस्थागत संरचना र प्रणालीगत सुधार अघि बढाइएको जानकारी दिए। उनले दोस्रो बजारमा सेयर तथा डेरिभेटिभ कारोबारको...

