नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रधनीलाई परिपक्व भएको साँवा तथा ब्याज भुक्तानी बुझिलिन आग्रह
काठमाण्डौ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रधनीलाई परिपक्व भएको साँवा तथा ब्याज भुक्तानी बुझिलिन आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकमार्फत विस २०८० चैत १ गतेसम्म जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतकर्तालाई यस्तो आग्रह गरेको हो । बचतकर्ताहरुलाई कार्यालयले बजार...