काठमाडौं। सरकारले आन्तरिक ऋण परिचालनका लागि १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ७ वर्षे ‘विकास ऋणपत्र–२०९०’ बोलकबोलमार्फत बिक्री गर्न लागेको हो। ऋणपत्रका लागि असोज १४ गते बोलकबोल हुनेछ भने असोज १५ गते निष्कासन गरिनेछ।
बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले समेत सहभागिता जनाउन सक्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।