ग्यास अभावको विरोधमा रास्वपा सांसद भण्डारीको उद्योग समिति छाड्ने घोषणा
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्।बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आम नागरिकले खाना पकाउने ग्याससमेत सहज रूपमा पाउन नसकेको अवस्थामा उपभोक्ता हित हेर्ने समितिमा रहिरहनुको औचित्य नभएको बताएका हुन्।भण्डारीले...

