काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आम नागरिकले खाना पकाउने ग्याससमेत सहज रूपमा पाउन नसकेको अवस्थामा उपभोक्ता हित हेर्ने समितिमा रहिरहनुको औचित्य नभएको बताएका हुन्।
भण्डारीले ग्यास अभावका कारण सर्वसाधारणले चर्को सास्ती भोगिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा प्रभावकारी भूमिका खेल्न नसक्ने समितिमा बसिरहन आफूले नैतिक रूपमा उचित नठानेको बताए।
‘जनताले खाना पकाउने ग्यास पाउन सकेका छैनन्। यस्तो अवस्थामा उपभोक्ताको हित हेर्ने समितिमा रहेर काम गर्ने नैतिकता मैले पाइनँ,’ उनले भने।
उनले उपभोक्ता हितसँग प्रत्यक्ष जोडिएको विषयमा सरकार र सम्बन्धित निकाय प्रभावकारी बन्न नसकेको आरोप लगाउँदै जनतालाई राहत दिन नसक्ने समितिबाट अलग हुनु उपयुक्त ठानेको बताएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।