अमेरिकी हमलापछि इरानद्वारा स्ट्रेट अफ हर्मुज बन्द गर्ने घोषणा, विश्व ऊर्जा बजारमा ठूलो असर पर्ने संकेत
काठमाण्डौ । इरानले अमेरिकी सैन्य हमलाको प्रतिकारस्वरूप विश्वकै सबैभन्दा महत्वपूर्ण सामुद्रिक व्यापारिक मार्गमध्ये एक मानिने स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गर्ने घोषणा गरेको जनाएको छ। इरानी अधिकारीहरूका अनुसार यो निर्णय अमेरिकी दबाब र हालै भएका सैन्य गतिविधिको जवाफस्वरूप लिइएको हो।

