स्वास्थ्य प्रतिष्ठानमा पदाधिकारी नियुक्तिको मापदण्डमै मनपरी, संस्थापिच्छे फरक कार्यविधि
काठमाण्डौ । देशभरका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, डीन र रजिस्ट्रारजस्ता महत्वपूर्ण पदमा नियुक्तिका लागि एउटै मापदण्ड नबनाई प्रतिष्ठानपिच्छे फरक–फरक कार्यविधि लागू गरिएको पाइएको छ।छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पदाधिकारी नियुक्तिसम्बन्धी कार्यविधि २०८३ जारी गर्दै नियुक्ति प्रक्रिया अघि बढाएका छन्। तर शैक्षिक तथा प्रशासनिक नेतृत्वका पदमा...

