पीपीएमा सरकारको नयाँ अंकुश, ५० अंकभन्दा कम ल्याउने आयोजनासँग सम्झौता नहुने, फ्रेमवर्क खारेज गर्न इप्पानको माग
काठमाण्डौ । सरकारले जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रियामा थप कडाइ गर्ने गरी नयाँ मापदण्ड प्रस्ताव गरेपछि निजी क्षेत्रका ऊर्जा उत्पादकहरू विरोधमा उत्रिएका छन्।ऊर्जा मन्त्रालयले प्रस्ताव गरेको नयाँ फ्रेमवर्कले पीपीए प्रक्रियालाई सहज बनाउनुको सट्टा थप जटिल बनाउने र जलविद्युत् क्षेत्रमा निजी लगानी निरुत्साहित गर्ने भन्दै स्वतन्त्र ऊर्जा...

