सरकार निर्णयबाट पछि हट्यो, करार र ज्यालादारी कर्मचारीले साउन १ देखि हाजिर गर्न पाउने
काठमाण्डौ । सरकारी कार्यालयमा करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीले साउन १ गतेदेखि पूर्ववत् रूपमा हाजिर गर्न पाउने भएका छन्।नयाँ आर्थिक वर्षदेखि करार र ज्यालादारी कर्मचारीलाई हाजिर नगराउने तथा सेवाबाट हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नहुने भएको हो। सरकार र अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी श्रमिक संघबीच बुधबार राति भएको सहमतिपछि...

