सानिमा माई हाईड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । सानिमा माई हाईड्रो लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आवका लागि घोषणा गरेको लाभांश तथा साधारण सभा प्रयोजनका लागि पुस ९ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।