सान्भी इनर्जीले आइपीओ जारी गर्न बोर्डबाट पायो अनुमति
काठमाण्डौ । थप एक जलविद्युत कम्पनीले आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । सान्भी इनर्जी लिमिटेडले आइपीओ जारी गर्न बोर्डबाट स्वीकृति पाएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको कुल ३७ लाख ९० हजार कित्ता सेयर जारी गर्न अनुमति पाएको हो ।