काठमाण्डौ । थप एक जलविद्युत कम्पनीले आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । सान्भी इनर्जी लिमिटेडले आइपीओ जारी गर्न बोर्डबाट स्वीकृति पाएको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको कुल ३७ लाख ९० हजार कित्ता सेयर जारी गर्न अनुमति पाएको हो ।
कम्पनीले दुई चरणमा ३७ करोड ९० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।