दियो र हुक्कापाती बेचेरै तिहार खर्च जुटाउँदै मधेसका महिला
काठमाण्डौ । तिहार नजिकिएसँगै सप्तरीका कुमाले तथा विपन्न समुदायका महिलालाई दियो र हुक्कापाती बनाउन र बिक्री गर्न भ्याइनभ्याई भएको छ। दीपावलीको खर्च जुटाउने प्रमुख मौसमी आम्दानीका रूपमा उनीहरूले घरघर पुगेर आफ्ना उत्पादन बिक्री गरिरहेका छन्।राजविराजसहित जिल्लाका विभिन्न क्षेत्रमा महिलाले लक्ष्मीपूजाका लागि आवश्यक दियो र हुक्कापाती बनाएर बजार तथा घरघरमा पुर्याइरहेका...

