अध्यक्षको राजीनामासहितका ५ बुँदे माग राख्दै सेबोनका कर्मचारी फेरि आन्दोलनमा उत्रिने, ५ दिने अल्टिमेटम
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का कर्मचारीहरुले अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा माग्दै पुनः पुरानै शैलीमा आन्दोलन चर्काउने भएका छन् । कर्मचारीहरुसँग भएको सहमति कार्यान्वयनमा बोर्ड अध्यक्ष श्रेष्ठले ठोस पहल तथा समन्वयकारी भूमिका खेलेको नदेखिएको भन्दै उनको अबिलम्ब राजीनामा माग्दै पुनः सबै काम ठप्प पारी आन्दोलन थाल्ने घोषणा गरेका हुन् ।

