धितोपत्र कसूरमा पनि बैंकिङ कसूर जस्तै प्रहरीले सिधै नियन्त्रणमा लिएर अनुसन्धान गर्न सक्ने
काठमाण्डौ । अब धितोपत्र सम्बन्धी कसूरमा पनि बैंकिङ कसूर सरह कारबाही हुनुका साथै प्रहरीले सिधै गिरफ्तार गर्न सक्ने भएको छ । ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको ऐन’ले यस्तो व्यवस्था गरेको हो । यस अघिको व्यवस्थाले धितोपत्र बोर्डको सिफारिसमा मात्रै प्रहरीले काम कारबाही गर्न सक्थ्यो । यसअघि...