ब्यावसायी गोल्छाको बन्दी निवेदनमा सुनुवाइ ढिलाइ, सर्वोच्चको प्रक्रियामै प्रश्न
काठमाडौँ — व्यवसायी शेखर गोल्छाको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतमा सुनुवाइ ढिलाइ हुँदा न्यायिक प्रक्रियामै प्रश्न उठ्न थालेको छ।सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा थुनामा रहेका गोल्छाका पक्षबाट उनकी श्रीमती सीमा गोल्छाले १४ वैशाखमा सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी थिइन्। तर, दर्ता भएको दुई हप्ता नजिक पुग्दा पनि दोस्रो सुनुवाइ हुन नसकेको...

