सिद्धार्थ बैंकका ग्राहकका लागि माउन्ट अफ एक्सेलमा ४०% सम्म छुट
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि नयाँ छुट योजना सार्वजनिक गरेको छ। बैंक र माउन्ट अफ एक्सेल प्रा. लि.बीच भएको साझेदारी सम्झौताअनुसार अब ग्राहकहरूले गोकर्णेश्वर, काठमाडौंस्थित माउन्ट अफ एक्सेलमा बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा ४० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन्।

