काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनलाई लक्षित गर्दै मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ। यसमार्फत प्रयोगकर्ताले क्रिकेट गेम खेलेर मनोरञ्जनसँगै सिद्धार्थ लोयल्टी प्वाइन्ट आर्जन गर्न सक्नेछन्।
बैंकका अनुसार मोबाइल बैंकिङ एपको लगइन स्क्रिनमा उपलब्ध उक्त गेम लगइन नगरी पनि खेल्न सकिन्छ। प्रयोगकर्ताले एनपीएलका आठ टोलीमध्ये आफूलाई मनपर्ने टोली छनोट गरी ब्याटिङ तथा बलिङ गर्न सक्नेछन्।
गेममा ब्याटिङ गर्दा बनाएको प्रत्येक रनबापत एक र बलिङ गर्दा लिएको प्रत्येक विकेटबापत ६ सिद्धार्थ लोयल्टी प्वाइन्ट प्राप्त हुनेछ।
सिद्धार्थ बैंकमा बचत खाता भएका ग्राहकले आर्जित प्वाइन्ट ‘सिद्धार्थ रिवार्ड्स’ प्लेटफर्ममार्फत रिडिम गर्न सक्नेछन्। बैंकमा खाता नभएका प्रयोगकर्ताले पनि गेम खेल्न र प्वाइन्ट संकलन गर्न पाउनेछन्। तर संकलित प्वाइन्ट रिडिम गर्न भने बैंकमा बचत खाता खोली मोबाइल बैंकिङ सेवा लिनुपर्नेछ।
एनपीएलसँगको सहकार्यलाई डिजिटल माध्यमसँग जोड्दै ग्राहक तथा क्रिकेटप्रेमीको सहभागिता बढाउने र बैंकिङ अनुभवलाई थप रोचक बनाउने उद्देश्यले यो सुविधा ल्याइएको बैंकले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।