सुनचाँदी धितो राखेर ५० लाखभन्दा बढी ऋण नपाइने, धेरै लिएकालाई २ वर्षको समय
काठमाण्डौ । तपाईसँग करोडौंको सुनचाँदी भए पनि आपतकालीन अवस्थामा बैंक तथा वित्तीय संस्थाबाट लोन लिनु परे ५० लाख रुपैयाँभन्दा बढी पाउनुहुने छैन । राष्टबैंकले “क”, “ख”, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन÷परिमार्जन÷थप गर्दै मंगलबारदेखि यस्तो व्यवस्था गरेको हो ।