बिहीबार, असार ११,२०८३ 12:15:29
Bizshala
  • बिहीबार, असार ११,२०८३ 12:15:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनचाँदी धितो राखेर ५० लाखभन्दा बढी ऋण नपाइने, धेरै लिएकालाई २ वर्षको समय

Laxmi Sunrise Bank Limited
सुनचाँदी धितो राखेर ५० लाखभन्दा बढी ऋण नपाइने, धेरै लिएकालाई २ वर्षको समय

काठमाण्डौ । तपाईसँग करोडौंको सुनचाँदी भए पनि आपतकालीन अवस्थामा बैंक तथा वित्तीय संस्थाबाट लोन लिनु परे ५० लाख रुपैयाँभन्दा बढी पाउनुहुने छैन ।  

राष्टबैंकले “क”, “ख”, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन÷परिमार्जन÷थप गर्दै मंगलबारदेखि यस्तो व्यवस्था गरेको हो । 

New Office
CG Motors
Garima Development Bank

कुनै व्यक्तिलाई सुनचाँदी धितो कर्जा प्रवाह गर्दा त्यस्तो ऋणीले धितोस्वरुप दिएको सुन वा चाँदी जाँच गरी कर्जा सुरक्षित रहेको यकिन गरेर मात्र कर्जा प्रवाह गर्नु पर्नेछ । यसरी कर्जा प्रवाह गर्दा ऋणीले धितोस्वरुप दिएको सुन वा चाँदी एउटै थैलीमा राखिएको हुनुपर्नेछ । कथम्कदाचित कुनै ऋणीले दिएको एकभन्दा बढी थैलीहरु वा एकभन्दा बढी थैलीहरु राखिएको एउटा थैलीमात्र धितो राखी वा सुनचाँदीको परीक्षण जाँच नगरी सुनचाँदी धितो कर्जा प्रवाह भएमा त्यस्तो कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस प्रकारको सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा रु. ५० लाख कायम गरिएको सर्कुलरमा उल्लेख छ।

केन्द्रीय बैंकले यसअघि प्रवाह भएको कर्जाको हकमा २०८३ असार मसान्तसम्म एकल ग्राहक कर्जा सीमा कायम गरिसक्न समेत निर्देशन दिएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.