मन्त्री सीता वादीको सम्पत्तिको नाममा २० वटा कुखुरा, बैंकमा १५ लाख बचत
काठमाण्डौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्। आइतबार सार्वजनिक गरिएको विवरणअनुसार मन्त्री वादीको स्वामित्वमा विभिन्न चल तथा अचल सम्पत्तिहरू रहेको उल्लेख गरिएको छ।सार्वजनिक विवरणमा मन्त्री वादीसँग २० वटा कुखुरा र एक वटा कुकुर रहेको जनाइएको छ। त्यस्तै, उनको नाममा एक स्कुटर, तीन वटा ल्याप्टप र दुई वटा मोबाइल...

