एसजे मोटो र हिमालयन जाभाद्वारा काठमाण्डौस्थित आउटलेट नयाँ स्वरूपमा सञ्चालन
काठमाण्डौ । पोखराको पहिलो संयुक्त आउटलेटको सफलतापछि,‘एसजे मोटो’ र ‘हिमालयन जाभा’ ले काठमाण्डौमा रहेको आफ्नो दोस्रो आउटलेट नयाँ र परिमार्जित स्वरूपमा पुनः सञ्चालनमा ल्याएका छन्। सन् २०२१ मा स्थापना भएको यस आउटलेटलाई अहिले पूर्ण रूपमा नयाँ सजावट र फराकिलो सिटिङ एरियासहित स्तरोन्नति गरिएको छ। यसको मुख्य उद्देश्य बाइक पारखी र कफी प्रेमीहरूलाई एउटै छानामुनि ल्याउनु रहेको...

