सोमबार, फाल्गुन ११,२०८२ 12:00:56
Bizshala
  • सोमबार, फाल्गुन ११,२०८२ 12:00:56
Bizshala
Global IME Bank Limited

एसजे मोटो र हिमालयन जाभाद्वारा काठमाण्डौस्थित आउटलेट नयाँ स्वरूपमा सञ्चालन

एसजे मोटो र हिमालयन जाभाद्वारा काठमाण्डौस्थित आउटलेट नयाँ स्वरूपमा सञ्चालन
Shivam Cement

काठमाण्डौ । पोखराको पहिलो संयुक्त आउटलेटको सफलतापछि,‘एसजे मोटो’ र ‘हिमालयन जाभा’ ले काठमाण्डौमा रहेको आफ्नो दोस्रो आउटलेट नयाँ र परिमार्जित स्वरूपमा पुनः सञ्चालनमा ल्याएका छन्। सन् २०२१ मा स्थापना भएको यस आउटलेटलाई अहिले पूर्ण रूपमा नयाँ सजावट र फराकिलो सिटिङ एरियासहित स्तरोन्नति गरिएको छ। यसको मुख्य उद्देश्य बाइक पारखी र कफी प्रेमीहरूलाई एउटै छानामुनि ल्याउनु रहेको जनाइएको छ।

काठमाण्डौैको यो आउटलेटले यस्तो विशेष वातावरण प्रदान गर्दछ, जहाँ ग्राहकहरूले प्रिमियम कफीको स्वाद लिँदै एक–आपसमा भेटघाट गर्न र मोटरसाइकल संस्कृतिको मज्जा लिन सक्नेछन्। यसलाई एउटा सामान्य क्याफे मात्र नभएर उत्कृष्ट लाइफस्टाइल डेस्टिनेसनुको रूपमा विकास गर्ने एसजे मोटो र हिमालयन जाभाको साझा दृष्टिकोण रहेको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

नयाँ आउटलेटमा ग्राहकको सुविधा, आपसी भाइचारा र कनेक्टिभिटीलाई विशेष प्राथमिकता दिइएको छ। यस विषयमा बोल्दै एसजे मोटोका संस्थापक सौरभ ज्योतिले भने, ‘पोखरामा पहिलो संयुक्त आउटलेट खोलेदेखि नै हामीले बाइकर र कफी प्रेमीहरूको समुदाय बढ्दै गएको पाएका छौं। दुवै क्षेत्रप्रतिको यही लगावलाई अझ प्रोत्साहन गर्न र उत्कृष्ट अनुभव प्रदान गर्न हामीले काठमाडौंको यो आउटलेटलाई थप फराकिलो र आकर्षक बनाएका हौं।’

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

लामो राइडमा निस्किनुअघि रिफ्रेस हुन होस्, आफ्ना राइडर साथीहरूसँग भेटघाट गर्न होस् वा उत्कृष्ट कफीको मज्जा लिन होस्— नयाँ स्वरूपको यस एसजे मोटो र हिमालयन जाभा आउटलेटले सबैलाई एक उत्कृष्ट र फरक अनुभव प्रदान गर्ने विश्वास लिइएको छ।

यो आउटलेट अब सर्वसाधारणका लागि पूर्ण रूपमा खुला गरिएको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.