सुनको मूल्य फेरि ५२०० डलरमाथि, चाँदीमा अझ ठूलो उछाल
काठमाण्डौ । सुनचाँदीको मूल्यमा फेरि उछाल सुरु भएको छ । अन्तराष्ट्रिय बजारमा यी दुवै धातुको मूल्यमा पुनः उछाल आउन सुरु भएको देखिएको हो । यो तयार पार्दासम्म सुनको मूल्य ह्वात्तै बढेर प्रति औंस ५२०० डलर माथि पुगिसकेको छ । यो भनेको अघिल्लो कारोबार दिनको तुलनामा २ प्रतिशतभन्दा बढीको वृद्धि हो । यसअघि प्रति औंस ५१०० डलरसम्म पुगेर केही दिन सुनमा करेक्सन देखिएको थियो । तर...

