अब सरकारी निकायमा कार्यरत अस्थायी तथा करार कर्मचारी पनि सामाजिक सुरक्षा योजनामा
काठमाण्डौ । सरकारी निकायमा कार्यरत अस्थायी तथा करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् । नयाँ वर्ष, २०८२ को पहिलो दिन राजपत्रमा सो सम्बन्धी सूचना प्रकाशित गरिएको छ ।यससँगै अब सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठानमा कार्यरतले सो योजनामा सहभागी हुन पाउने छन् ।