शुक्रबार, बैशाख ४,२०८३ 11:46:17
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 11:46:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अब सरकारी निकायमा कार्यरत अस्थायी तथा करार कर्मचारी पनि सामाजिक सुरक्षा योजनामा

Bizshala
अब सरकारी निकायमा कार्यरत अस्थायी तथा करार कर्मचारी पनि सामाजिक सुरक्षा योजनामा
Shivam Cement

काठमाण्डौ । सरकारी निकायमा कार्यरत अस्थायी तथा करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् । नयाँ वर्ष, २०८२ को पहिलो दिन राजपत्रमा सो सम्बन्धी सूचना प्रकाशित गरिएको छ ।

यससँगै अब सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठानमा कार्यरतले सो योजनामा सहभागी हुन पाउने छन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

गत चैत १५ गते यससम्बन्धी निर्णय भएतापनि नयाँ वर्षको पहिलो दिन राजपत्रमा सूचना प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो ।  

सामाजिक सुरक्षा कोषमा योगदानकर्ताका रुपमा सूचीकृत गरी त्यस्ता निकायमा कार्यरत कर्मचारीले खाइपाई आएको तलबको कम्तीमा ६० प्रतिशतलाई आधारभूत तलब मानेर सो योजनामा सहभागी हुन पाउने प्रबन्ध गरिएको छ । त्यसमा २० प्रतिशत रोजगारदाताले र ११ प्रतिशत योगदानकर्ताले जम्मा गर्नुपर्नेछ ।

CG Motors
Garima Development Bank
IME remit

सामाजिक सुरक्षा ऐन, २०७४ र सामाजिक सुरक्षा नियमावली, २०७५ बमोजिम उक्त निर्णय भएको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.