तर्सिएका लगानीकर्ताले मागे पूँजीबजारसम्बन्धी बालेन सरकारको आधिकारिक धारणा
काठमाण्डौ । नेपालको सेयर बजारमा सक्रिय लगानीकर्ताका चार संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै बालेन शाह नेतृत्वको सरकारको बजारसम्बन्धी आधिकारिक धारणा मागेका छन् । बालेन नेतृत्वको सरकारको पहिलो क्याबिनेट बैठकबाट पारित भएका सरकारका १०० कार्यसूचीमा धितोपत्र बजार प्राथमिकतामा नपरेको उल्लेख गर्दै त्यही सशंयका कारण बजारमा लगातार पहिरो जान थालेपछि सरकारको आधिकारिक...

