NEWS

सुशील ज्ञवाली बने लगानी बोर्डको सीईओ

काठमाण्डौ । लगानी बोर्डको  प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा सुशील ज्ञवाली नियुक्त भएका छन् ।  बिहीबार बसेको मन्त्रीपरिषद बैठकले ज्ञवालीलाई बोर्डको सीईओमा नियुक्त गरेको हो ।  उनी भूकम्पपछि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी समेत रहेर काम गरेका व्यक्ति हुन् ।